२०८२ माघ ११ गते आइतवार
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७७/७८ को बोनसदर घोषणा गरेको छ ।
कम्पनीको आर्थिक वर्ष २०७७/२०७८ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भई कम्पनीको मुनाफामा सरिक हुने गरी जारी गरिएको बीमालेखहरुमा बोनस दर सार्वजनिक गरेको हो ।
जसमा मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा समितिबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि यस कम्पनीले उक्त बोनसदर कायम हुने गरी सार्वजनिक गरेको छ ।
कम्पनीले न्युनतम २० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धाण गरेको छ । कम्पनीले सावधिक जीवन बीमालेखमा न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ७० रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।
यस्तै सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ७० रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
साथै अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखको हकमा कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ६३ रुपैयाँसम्म बोनसदर कामय गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij