Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रधानमन्त्री संग अर्कै संबिधान छ भनेर वकिल जंगिए पछि प्रधानन्यायाधीशले किन मागे समय ?

प्रधानमन्त्री संग अर्कै संबिधान छ भनेर वकिल जंगिए पछि प्रधानन्यायाधीशले किन मागे समय ?


  • 7.9K
    Shares

    प्रधानमन्त्री संग अर्कै संबिधान छ भनेर वकिल जंगिए पछि प्रधानन्यायाधीशले किन मागे समय ?
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस, राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा संविधानविपरीत भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन् । 

    प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ, विघटित प्रतिनिधिसभा सदस्यहरू कृष्णभक्त पोखरेल, रामकुमारी झाँक्री र शशी श्रेष्ठको तर्फबाट बहस गर्न आएका वरिष्ठ अधिवक्ता थापाले संविधानबारे संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ र अहिलेका महान्यायाधीवक्ता अग्नि खरेलप्रति पनि कटाक्ष गरेका छन् ।

    प्रधानमन्त्री ओलीको कदम सही भन्ने नेम्वाङ र खरेलले विगतमा संविधानले प्रतिनिधिसभा विघटनको व्यवस्था नगरेको भन्दै अभिव्यक्ति दिएका थिए ।

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बहसका लागि कति समय लिन लागेको हो भनेर थापालाई सोधेका थिए । त्यसक्रममा संविधानले गरेको व्यवस्था एउटै भएकाले धेरै व्याख्या गरिरहन आवश्यक नभएको धारणा राखेका थिए ।

    सोमबारको सुनुवाइका क्रममा थापाले अगाडि भने, "मैले नयाँ कुरा गर्छु भन्ने होइन । यत्रो मित्रहरूले गरिसक्नुभयो । संविधान श्रीमानहरूबाट पल्टाएर प्रश्न आइरहेको छ । संविधान त्यै हो ।"

    प्रधानमन्त्री र उनका सहयोगीसँग फरक संविधान रहेको भन्दै वरिष्ठ अधिवक्ता थापाले कटाक्ष गरेका हुन् । "प्रधानमन्त्रीसँग अर्को संविधान छ । संविधानसभा, अध्यक्षसँग अर्को संविधान छ भनेदेखि अर्को कुरा हो । नभए जुन संविधान प्रचलित छ भने त्यो त जस्तो लेखियो त्यस्तै हो ।"

    संविधान निर्माणका क्रममा एउटा कुरा भन्ने र पछि आएर संविधानमाथि प्रहार गर्नु ठीक नभएको थापाको भनाइ थियो । "संविधान त एउटै हो, संविधानले बेलाबेलामा बोली फेर्नु ठीक भएन । सभासद् भएर हिजो शपथ लिने, कानुनमन्त्री बन्ने पनि त्यसरी व्याख्या गर्ने ! त्यसको हैसियत म व्याख्या गरौंला नि श्रीमान् !," विगतमा कानुनमन्त्री भएका महान्यायाधीवक्ता खरेलतर्फ इंगित गर्दै थापाले भने, "पदमा जाने गइसकेर लिड (नेतृत्व) गरेर बोल्ने अनि अर्को बाटोबाट फाल्न पाइँदैन नि । हामीलाई त जे संविधान दिएको छ त्यसैको लागि इजलास बसेको छ ।"

    संविधानमा भएको कुराको व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको थापाको भनाइ थियो ।

    संविधानको अन्तिम व्याख्या गर्नका लागि संवैधानिक इजलास बसेको र त्यसले सबैको विश्वास जित्ने व्याख्या गर्नुपर्ने थापाको भनाइ थियो । "श्रीमानहरूको जो व्याख्या हुन्छ त्यो नै फाइनल हुने हो । विश्वास आफ्नो हो । आत्माको विश्वासको अगाडि व्याख्या होस् भन्ने हो," उनले भने ।

    सुनुवाइका क्रममा थापाले संसद विघटन के हो रु कस्तो अवस्थामा संसद विघटन हुन्छ रु र प्रधानमन्त्री ओलीले मुद्दाबारे सर्वोच्चमा पेस गरेको लिखित जवाफबारे आफूले धारणा राख्ने बताएका छन् ।

    यसअघि बहसमा सहभागी भएका अधिवक्ता मेघराज पोखरेलले प्रधानमन्त्रीले संविधान बाहिर गएर प्रतिनिधिसभा विघटन गरेको बताए ।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - १४:२४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij