Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कृषि विकास बैंककाे नाफा खुम्चियाे, कस्ता छन् अन्य सूचक ?

कृषि विकास बैंककाे नाफा खुम्चियाे, कस्ता छन् अन्य सूचक ?


  • 358
    Shares

    कृषि विकास बैंककाे नाफा खुम्चियाे, कस्ता छन् अन्य सूचक ?

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८२\८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार ६ महिनामा बैंकले ७० करोड ७४ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

    गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९५ करोड ७५ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको नाफा २६.१२ प्रतिशतले घटेको छ।

    बैंकको खुद ब्याज आम्दानी ६.०४ प्रतिशतले बढेर १० अर्ब ४६ करोड ५ लाख २५ हजार रुपैयाँ पुगेको छ। बैंकको खुद फि तथा कमिसन आम्दानी पनि ८.५१ प्रतिशतले वृद्धि भई ७७ करोड ७५ लाख ७६ हजार रुपैयाँ पुगेको छ। 

    बैंकको खराब कर्जा घटेर ३.९० प्रतिशतमा झरेको छ, जुन गत वर्ष ४.९० प्रतिशत थियो। बैंकको वितरणयोग्य मुनाफा ७१ करोड ९६ लाख ७८ हजार ६२८ रुपैयाँ रहेको छ।

    बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख ३१ हजार रुपैयाँ रहेको छ। नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ११.४७ रुपैयाँबाट घटेर ९.८९ रुपैयाँ कायम भएको छ।  बैंकले ३ खर्ब २३ अर्ब ४४ करोड ४६ लाख ६७ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १२ करोड ८७ लाख ३२ लाख ६२ हजार रुपैयाँ कर्जा परिचालन गरेको छ।

    बैंकको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ ३७ पैसा रहेको छ। कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ११ अर्ब ८३ करोड ४९ लाख रुपैयाँ रहेको छ।

     

    प्रकाशित मिति :माघ १५ २०८२ बिहिवार - १२:५१:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij