२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । निर्वाचन आयोगले आइतबार गरेको निर्णयलाई नेकपाको प्रधानमन्त्री केपी शर्मा ओली पक्षले सकारात्मक रुपमा लिएको जनाएको छ।
‘निर्वाचन आयोगको निर्णयलाई सकारात्मकरुपमा लिएका छौ, हामीले पार्टी विभाजन भएको छैन भनेर जे भन्दै आएका थियौं, त्यहि कुरा नै आयोगले पनि भनेको छ,’ ओली पक्षका नेता ईश्वर पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने।
तर आयोगले भने पुस ५ यता विभाजित रुपमा गतिबिधि गर्दै आएका नेकपाका दुवै पक्षले गरेका कुनै पनि निर्णय र कामकारवाहीले मान्यता नपाउने बताएको छ। आयोगको सो निर्णयअनुसार ओली पक्षले मनोनित गरेका केन्द्रीय सदस्यहरुले मान्यता नपाउने भएको छ।
ती मनोनित सदस्यहरुबारे अब के हुन्छ भन्ने प्रश्नमा पोखरेलले ‘त्यो राजनीतिक निर्णय हो, त्यसलाई राजनीतिकरुपमै यथोचित व्यवस्थापन गरिन्छ।’
उता,प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइको क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापाको फाइल हराएको छ ।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गर्दागर्दै बहसको फाइल हराएपछि केहीबेर समय लिएका छन् । इजलासमा ब्रेक भएको छ।
‘कति समय लिनु हुन्छ रु’ भनी न्यायाधीशले सोध्दा थापाले ‘अहिलेलाई २० मिनेट । त्यसपछि आवश्यक पर्यो भन्ने थप्छु । मलाई धेरै भन्नु छैन नयाँ कुरा केही गर्नु छैन । संविधानको व्याख्या थुप्रै अधिवक्ताहरुले गर्नुभएको छ । मैले पनि त्यही कुरा भन्ने हो, प्रधानमन्त्रीजस्तो मेरो लागि नयाँ संविधान छैन ।’ भनि बताएका थिए । बहस किताब मिसप्लेस भएको र भेटिसकेको बताइएको छ । बहस केही बेरपछि शुरू हुनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij