२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं। शान्ति समाजका अध्यक्ष तथा मानवअधिकारकर्मी कृष्ण पहाडीसहित दुई जना प्रदर्शनकारी बालुवाटारबाट पक्राउ परेका छन् । उनीहरुले ‘ओली सरकार : राज्य संयन्त्र को दुरुपयोग बन्द गर’ नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चाली प्रतिनिधिसभा विघटन गरेको, राज्य संयन्त्रको दुरुपयोग गरेको तथा प्रधानमन्त्री तथा मन्त्रीहरुले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै सोमबार बिहान समाजले बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएको थियो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij