Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक


  • 2.4K
    Shares

    • images
    ३० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक
    images

    नेपाल राष्ट्र बैंक बिहीबार ३० अर्ब रुपैयाँ रिपो जारी गर्ने भएको छ । बैंकले एक हप्ता (सात दिन) का लागि बैंक तथा वित्तीय संस्थाहरुलाई सापटीको स्वरुप ३० अर्ब रुपैयाँ प्रदान गर्न लागेको हो । 

    केन्द्रीय बैंकले बजारमा तरलता प्रवाहका लागि रिपो मार्फत रकम प्रवाह गर्ने र बजारमा अधिक तरलता हुँदा रिभर्स रिपो मार्फत पुनः पैसा उठाउने गर्छ । अहिलेको बजारको तरलता मागलाई सम्बोधन गर्न बैंकले छोटो समयका लागि रिपो मार्फत तरलता प्रवाह गर्न लागेको हो । 

    बैंकले बिहीबार दिउँसो ३ बजे रिपो जारी गर्ने जनाएको छ । बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम १० करोडदेखि ५ करोडले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि रिपो माग गर्न सक्नेछन् । 

    प्रकाशित मिति :श्रावण १२ २०७९ बिहिवार - ११:३६:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij