Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड–नेपाल समूहको आन्दोलन : १३ गते सिट्ठी जुलुस, २८ गते काठमाडौंमा शक्ति प्रदर्शन

प्रचण्ड–नेपाल समूहको आन्दोलन : १३ गते सिट्ठी जुलुस, २८ गते काठमाडौंमा शक्ति प्रदर्शन


  • 7.0K
    Shares

    प्रचण्ड–नेपाल समूहको आन्दोलन : १३ गते सिट्ठी जुलुस, २८ गते काठमाडौंमा शक्ति प्रदर्शन
    images

    काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षले काठमाडौंमा फेरि विरोध सभा गर्ने भएको छ ।

    केन्द्रीय संघर्ष समितिले सोमबार सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अन्तरगत माघ २८ गते काठमाडौंमा विरोध प्रदर्शन र सभा गर्ने उल्लेख गरिएको छ। यसअघि माघ ९ गतेत पनि यो समूहले काठमाडौंमा प्रदर्शन र सभा गरेको थियो।

    यता प्रधानमन्त्री केपी शर्मा ओली पक्षले माघ २३ गते काठमाडौंमा सभा गर्ने निर्णय गरिसकेको छ। 

    संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठका अनुसार भोलि, मंगलबार काठमाडौंमा सिठ्ठी जुसुल गर्ने, माघ १४ देखि २१ गतेसम्म माइतीघर मण्डलमा संविधान सभा सदस्य, संघीय सांसद तथा प्रदेश सभा सदस्यसहित धर्ना कार्यक्रम गरिनेछ।

    यस्तै, माघ १६ गते श्रद्धाञ्जी कार्यक्रम गरिनेछ। जसका लागि शान्तिबाटिकाबाट लैनचौर पुगिनेछ।

    यस्तै, माघ १५ गते बुटवल, १६ गते विराटनगर र १७ गते धनगढीमा विरोध प्रदर्शन र सभा गरिने प्रचण्ड–माधव पक्षको कार्यक्रम छ।

    माघ २२ गते काठमाडौंमा युवा र्याली, २६ गते देशव्यापी मसाल जुलश गर्ने तथा विभिन्न तह र तप्कासँग अन्तरक्रिया र प्रदेशका राजधानीहरूमा विशिष्ठ प्रकारका ठोस कार्यक्रम गर्ने संयोजक श्रेष्ठले बताएका छन्।

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - ११:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij