Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै

प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै


  • 6.8K
    Shares

    प्रचण्ड–नेपाल समूहले आन्दोलनका नयाँ कार्यक्रमको घोषणा गर्दै
    images

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले प्रतिनिधि सभा विघटनविरुद्ध सोमवार आन्दोलनका थप कार्यक्रम घोषणा गर्न लागिएको बताएका छन् ।

    “हामीले जनकपुरमा पनि सभा गर्ने कि भनेर छलफल गरेका थियौँ,” प्रचण्डले सोमबार बिहान काठमाडौंमा भएको एक कार्यक्रममा भने, “काठमाडौंमा अझ ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम घोषणा हुन्छ । त्यो बेला २५ हजार आउनुपर्‍यो तपाईँहरु । काठमाडौंमा टाउकोमै हान्नुपर्ने अवस्था आयो, त्यो निर्णायक संघर्ष हो । त्यसले छिनोफानो गर्नेछ ।”

    पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा विभाजन भएको थियो । निर्वाचन आयोगले भने नेकपा विवादलाई वैधानिकता दिन अस्वीकार गरेको छ । 

    प्रकाशित मिति :माघ १२ २०७७ सोमवार - ११:३६:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij