२०८२ भाद्र ३ गते मंगलवार
अहिले विभिन्न मुलुकमा डेटिगं एपको प्रयोग निकै धेरै भइरहेको छ । समय विताउन युवा युवतीले यो एप प्रयोग गर्ने गर्छन । तर यस्तै एक एपका कारण एक युवतीको भने हालत खराब भएको छ ।
सोही एपका माध्यमवाट युवकलाई भेट्न गएकी युवतीलाई युवकले पैसा खर्च गरे जत्तिको सुन्दर नभएको भन्दै कुटेका छन् । डेट सकिएपछि युवतीले जव उसलाई घर लगिदिन भनिन् ति युवकले युवतीलाई कारमा राखे र कुटे । त्यती मात्र होइन बन्दुक देखाएर डराए । यो घटना अटलान्टाको हो ।
प्रहरीले ति युवकको खोजी सुरु गरेको छ । युवतीले आफु माथि भएको घटनाको तस्बिर र भिडियो सामाजिक सञ्जालमा राखिदिएपछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको हो ।
डेली मेलमा प्रकाशित समाचारका अनुसार बुधवार ब्रिट्नी कोरेले बेन भन्ने युवकलाई डेटका लागि भेटिन् । उनीहरु डेट एप मार्फत भेट भएका थिए । ब्रिटनीसैग डेटका लागि बेन आफ्नो सेतो कार लिएर आए। दुबै डेटका लागि हाइड लाउन्जमा गए।
त्यहाँ खाना र पे’य पदार्थ थियो। डेट पछि, जब ब्रिट्नीले बेनलाई भनिन् कि उनी अब घर जान चाहन्छिन, बेनले उनलाई कारमा राखे अनि कुटे ।
यो डेटका लागि मैले जति पैसा खर्च गरेँ तिमी त्यो लायक रहेनछौ भन्दै युवकले कुटेका हुन् । बेनको यस्तो ब्यवहार देखेर लाउन्जका सुरक्षा गार्डहरु पनि डराए ।...
त्यस पछि ब्रिट्नीले उनको पूर्ण घटना र फोटोहरू इन्स्टाग्राममा पोष्ट गरिन् । उनले डेट एप मार्फत जानेहरुलाई सावधान पनि गराइन् । उनले नचिनेको मानिससंग डेटमा जाँदा जे पनि हुन सक्ने भन्दै सावधान गराएकी थिइन् । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij