Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास

लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास


  • 1.8K
    Shares

    लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयास
    images

    समाजमा बढ्दै गएको लागुपदार्थ दुव्र्यसनविरुद्ध सामाजिकस्तरमा सामूहिक प्रयास थाल्नुपर्नेमा जोड दिइएको छ । मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले आज आयोजना गरेको छलफलका वक्ताले आध्यात्मिक र सामाजिक चिन्तनमा भएका बेवास्ताका कारण समाजमा अनुशासनहीनता बढेको र नयाँ पुस्तामा विचलन सुरु भएको बताएका हुन् । 

    ढिला नगरी लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामाजिकस्तरबाट प्रभावकारी अभियान चलाउनुपर्ने खाँचो रहेको कार्यक्रमका वक्ताको भनाइ थियो । कार्यक्रममा पूर्व राज्यमन्त्री मोहनसिंह राठौरले राजधानीमात्र नभइ गाउँगाउँमा लागुऔषध दुव्र्यसनीको अखडा बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । 

    गोकर्णेश्वर नगरपालिकाका–नगर प्रमुख दीपक रिसालले संस्कार भुल्दै गएकाले समाजमा समस्या आउन थालेको बताउनुभयो । “हाम्रा सांस्कृतिक पर्वमा विचलन आएको छ, ठीकबेठीक छुट्याउन नसकेकै कारण लागुऔषधको दुव्र्यसन जस्तो कुलतमा युवा पुस्ताको आकर्षण बढेको छ, नगरपालिकाले विद्यालयमा गएर चेतना विस्तारमा सक्रिय रहने योजना बनाएको छ”, उहाँले भन्नुभयो ।  

     कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले लागुऔषध दुव्र्यसनीको सङ्ख्या डढेलो जस्तै फैलिँदै गरेको परिवेशमा घरघरबाट लागुऔषध दुव्र्यसनविरुद्ध चेतना फैलाउनुपर्ने बताउनुभयो । यसका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो ।

    शान्ति समाजका पूर्व सभापति उत्तम पुडासैनीले लागुऔषध दुव्र्यसन अन्त्यका लागि सामूहिक प्रयासका विषयमा कार्यपत्र प्रस्तुत गर्दै यसविरुद्ध सामूहिक प्रयास हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा  समाजका केन्द्रीय महासचिव रामकृष्ण बराल, नेपाल किसान सङ्घका केन्द्रीय सदस्य जीवन्ती अर्याल, गान्धी आदर्श माध्यमिक विद्यालय सञ्चालक समितिका अध्यक्ष डा गणेशराज अधिकारी, कागेश्वरी मनोहरा नगरपालिका–८ का अध्यक्ष हरिभक्त पुडासैनी र वडा नं ६ का अध्यक्ष प्रकाश फुँयालले दुव्र्यसनविरुद्ध ऐक्यबद्धता व्यक्त गर्नुभयो । 

    त्यस्तै तेजविनायक मावि सञ्चालक समितिका अध्यक्ष विदुर ढुङ्गाना, समाजका काठमाडौँ अध्यक्ष भगवान पुडासैनी, सेलिब्रेशन को–एडका संस्थापक आचार्य महेन्द्र भट्टराई, नेप्लिज कम्युनिटी एशोसियशन अष्टे«लियाका अध्यक्ष मधुसुदन पुडासैनी, प्याब्सन गोकर्णेश्वरका अध्यक्ष डिएन सिवाकोटी, लिबर्टी एकेडेमीका प्रधानाध्यापक ओमप्रसाद ढकाललगायत वक्ताले लागुऔषध दुव्र्यसनविरुद्ध सामूहिक प्रयासको खाँचोमाथि चर्चा गर्नुभएको थियो ।

    प्रकाशित मिति :श्रावण ८ २०७९ आइतवार - १५:३२:१८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij