Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

लक्ष्मी बैंकको खुद नाफा १.७६% ले बढ्यो, निक्षेप र कर्जा बढ्दा ईपीएस कति ?

लक्ष्मी बैंकको खुद नाफा १.७६% ले बढ्यो, निक्षेप र कर्जा बढ्दा ईपीएस कति ?


  • 3.1K
    Shares

    • images
    लक्ष्मी बैंकको खुद नाफा १.७६% ले बढ्यो, निक्षेप र कर्जा बढ्दा ईपीएस कति ?
    images

    लक्ष्मी बैंकले चालु आर्थिक वर्षको चौथो त्रैमासिक वितिय विवरण सार्वजनिक गरेको छ | यसको खुद नाफा १.७६% ले बढेर १ अर्ब ६० करोड ३५ लाख ७१ हजार रुपैयाँ पुगेको छ |

    गत वर्ष यसै अवधिमा भने १ अर्ब ५७ करोड ५७ लाख ६१ हजार रुपैयाँ नाफा रहेको थियो । कम्पनीको खुद ब्याज आम्दानी १८.२७% ले बढेर ४ अर्ब ८ करोड ८३ लाख ९६ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २.१७% ले बढेर २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ पुगेको छ |

    त्यस्तै, कम्पनीको चुक्ता पुँजी ८% ले बढेको छ भने जगेडा कोष १३.८६% ले घटेको छ | हाल कम्पनीको चुक्ता पुँजी ११ अर्ब ५५ करोड १३ लाख ४५ हजार रुपैयाँ र जगेडा कोषमा ४ अर्ब २५ करोड ३८ लाख ४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

    प्रकाशित मिति :श्रावण ८ २०७९ आइतवार - १२:००:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij