२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान र लोकतन्त्रविरोधी भएको आरोप लगाएका छन् ।
आइतबार काठमाडौँमा आयोजित अपांगता भएका व्यक्तिहरुसँगको अन्तक्र्रियामा प्रधानमन्त्री ओलीले देशमा स्थिरता नचाहनेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेको बताए ।
‘संसद विघटन भएको असंवैधानिक भयो, अलोकतान्त्रिक भयो भनेर कराइरहेका छन्, ती कराउने मान्छेहरु संविधान, लोकतन्त्र, देश र जनविरोधी हुन्’, उनले भने । उनले देशमा अस्तव्यस्तता खडा गर्न, स्थिरता र स्थायित्व हुन नदिने, बहुमतको सरकार हटाएर जोडजामको सरकार बनाएर स्थिरताको नाटक गर्ने षड्यन्त्र भएपछि आफूले प्रतिनिधि सभा विघटन गरेको बताए ।
उनले संसदलाई जागिर सोचेर पाँचैवर्ष जागिर खान पाउनुपर्छ भन्ने संसद जागिर खाने थलो हो ? भन्ने प्रश्न समेत गरे । उनले आफू अस्थिरताको अन्त्य गर्नका लागि जनतामा जाने निर्णय गरेको र सांसदको कामको जनताले मूल्यांकन गर्ने बताए ।
‘मैले आफ्ना हातमा लिएको छैन, आफ्ना हातमा लिएको भए तानाशाह हुन्थ्यो’, उनले भने, ‘तपाईंहरुका बीचमा गएर, तपाईंहरुले फैसला गर्नुहोस् भन्दा म तानाशाह भएँ ?, मैले त फैसला गरेको छैन ।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij