Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड

ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड


  • 2.5K
    Shares

    • images
    ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब २० करोड
    images

    ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८र७९ मा ५ अर्ब २० करोड रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफा २५ प्रतिशतले वृद्धि गरेको छ।

    आर्थिक वर्ष २०७७र७८ मा बैंकले ४ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै नाफा बढ्न पुगेको हो।

    समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७।५२ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी ९।२७ प्रतिशतले बढेको छ।

    बैंकको कूल सञ्चालन आम्दानी १५।०४ प्रतिशत र सञ्चालन मुनाफा २६।९० प्रतिशतले बढेको छ। गत वर्षको असार मसान्तसम्म बैंकको वितरण योग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ।

    बैंकले गत आर्थिक वर्षमा कूल २ खर्ब ८६ अर्ब बचत संकलन गरेको छ भने २ खर्ब ७२ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको बचत तथा कर्जा लगानी सकारात्मक रुपमा वृद्धि भएको छ।

    बैंकको कूल ब्याज आम्दानी १० अर्ब ७४ करोड रहेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १७.५२ प्रतिशतले बढी हो।

    बैंकको नाफासँगै प्रतिसेयर आम्दानी ९ईपीएस० पनि बढेको छ। समीक्षा अवधिमा बैंकको ईपीएस अघिल्लो आर्थिक वर्षको तुलनामा २ रुपैयाँ ६३ पैसा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ।

    यस्तै समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी १० प्रतिशतले बढेको छ। त्यसैगरी जगेडा कोष २०।४२ प्रतिशतले बढेको छ। बैंकले आफ्नो खराब खर्जामा पनि सुधार ल्याएको बताएको छ। अघिल्लो आर्थिक वर्ष १।४१ प्रतिशतमा रहेको खराब कर्जा घटेर १।२२ प्रतिशतमा झरेको छ।

    मुलुकका ७७ जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६२ एटीएम, २७५ शाखारहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८७५ भन्दा बढि सेवा केन्द्रबाट २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ।

    प्रकाशित मिति :श्रावण ६ २०७९ शुक्रवार - १४:२३:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij