Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

अझै २५० वकिलले बहस गरे पछि प्रतिनिधि सभा विघटनविरुद्धको बहस सकिने, आज सकिएको बहसमा के-के भयो ?

अझै २५० वकिलले बहस गरे पछि प्रतिनिधि सभा विघटनविरुद्धको बहस सकिने, आज सकिएको बहसमा के-के भयो ?


  • 6.5K
    Shares

    अझै २५० वकिलले बहस गरे पछि प्रतिनिधि सभा विघटनविरुद्धको बहस सकिने, आज सकिएको बहसमा के-के भयो ?
    images

    काठमाडौं । एक साता बाट मूल बिषयमा बहस केन्द्रित भएको प्रतिनिधि सभा विघटनविरुद्धका रिटमाथिको सुनुवाइ सोमबारका लागि "हेर्दाहेर्दै"मा राखिएको छ । संवैधानिक इजलासमा भएको बहस पूरा नभएपछि सोमबारका लागि "हेर्दाहेर्दै"मा राखिएको हो । 

    आइतबारको बहसमा सहभागी हुँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू मेघराज पोखरेल, दीपक राई, केदार कार्कीलगायतले बहस गरेका थिए ।

    निवेदकका तर्फवाट बहस गर्ने वरिष्ठ अधिवक्ता एवं अधिवक्ताहरुले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको दावी पेस गरे ।

    हालसम्म दुई दर्जनभन्दा धेरै कानुन व्यवसायीहरुले यो मुद्दामा बहस गरिसकेका छन् । करिब २५० जना अधिवक्ताहरुले बहसका लागि निवेदन दिएका छन् । त्यसैगरी सर्वोच्च बार र नेपाल बार एशोसियसनबाट मगाइएका पाँच जना एमिकस क्युरी र महान्यायाधिवक्ता अग्नि खरेलले पनि यो मुद्दामा बहस गर्नेछन् ।

    गत आइतबारदेखि मूल विषयमा प्रवेश गरेको इजलासमा रिट निवेदकका तर्फबाट बहस भइरहेको छ । प्रतिनिधि सभा विघटनविरुद्ध १३ रिट दर्ता भएका थिए ।

    बहसमा बोल्ने वकिलहरुले समय बढी लिएपछि बढीमा आधा घण्टाको समय गत बुधबारबाट निर्धारण गरिएको थियो। तर वकिलहरुले निर्धारित समयसीमा पालना गरेका छैनन् ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १६:३७:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij