Logo

२०८२ माघ ११ गते आइतवार

२०८२ माघ ११ गते आइतवार

५.८७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

५.८७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट


  • 2.5K
    Shares

    ५.८७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

    गत साताको मंगलबारदेखि निरन्तर उकालो लागिरहेको नेप्से परिसूचक यस दिन भने घटेको छ। ८ कारोबार दिनमा १३५ अंक बढेको नेप्से, यस दिन करिब ६ अंक घटेर बन्द भएको छ।

    बिहीबार नेप्से परिसूचक ५.८७ अंक घटेर २०४४.७२ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.८६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ इण्डेक्स ०.५० अंक घटेको छ।

    यस दिन २२५ स्टकको २७ हजार ५२२ पटकको कारोबारमा १ अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँ बराबरको ३९ लाख ८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

    कारोबार रकमका आधारमा यस दिन पनि शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ८० लाख १ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन साढे ४ अर्बभन्दा बढी नाफा कमाएको वित्तीय विवरण प्रकाशित गरेको एनआईसी एशिया बैंकको यस दिन ११ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    बिहीबार सेन्ट्रल फाइनान्सको शेयरमूल्य सर्वाधिक ३.१६ प्रतिशत बढेको छ। त्यसैगरी, जनउत्थान सामुदायिक लघुवित्त, नेशनल माइक्रोफाइनान्स र गुराँस लघुवित्तको शेयरमूल्य २ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन किसान लघुवित्तको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, साधना लघुवित्तको शेयरमूल्य यस दिन करिब साढे ४ प्रतिशत घटेको छ।

    यस दिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशत बढेको छ भने बैंकिङ्ग उपसमूहको ०.१७ प्रतिशत बढेको छ। कारोबारमा आएको लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

    प्रकाशित मिति :श्रावण ५ २०७९ बिहिवार - १५:५५:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij