Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

भारतमा १  करोड ६ लाख ५४ हजार भन्दा बढी कोरोना सङ्क्रमित

भारतमा १  करोड ६ लाख ५४ हजार भन्दा बढी कोरोना सङ्क्रमित


  • 8.0K
    Shares

    भारतमा १  करोड ६ लाख ५४ हजार भन्दा बढी कोरोना सङ्क्रमित

    नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शनिबारसम्म १  करोड ६ लाख ५४ हजारभन्दा बढी पुगेको छ ।

    विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ 

    भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण १५५ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५३ हजार ३३९ जना पुगेको छ । 

    मन्त्रालयको पछिल्लो विवरणमा भारतमा एक करोड तीन लाख १६ हजारभन्दा बढी व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा एक लाख ८४ हजार ४०८ जना सक्रिय सङ्क्रमित रहेका छन् । भारतमा एक साता अघिदेखि कोभिड –१९ विरुद्धको खोप कार्यक्रम शुरु भईसकेको छ 

    भारतको राष्ट्रिय राजधानी दिल्लीमा शनिबार १९७ जना थप व्यक्तिमा कोरोना भाइरसका सङ्क्रमण देखिएको र १० जनाको मृत्यु भएको छ । भारतमा कोभिड-१९ शुरु भएयता भाइरस सङ्क्रमणको कारण दिल्लीमा १० हजार ७९९ को मृत्यु भइसकेको छ ।

     

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १५:४९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij