२०८२ भाद्र ९ गते सोमवार
नेपाल राष्ट्र बैंकले देश बाहिर जाने नेपाली नागरिकको लागि डलर सटहीमा कडाइ गर्ने भएको छ । अब विदेश भ्रमणमा जाने नेपाली नागरिकले दुई सय अमेरिकी डलर मात्रै सटही गर्ने पाउने भएका छन् ।
यसअघि २५ सयबाट घटाएर १५ सय अमेरिकी डलरसम्मको सटही सुविधा दिइएको थियो । हाल विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि बैंकले सटही सुविधालाई तल्लो अंकमा झारेको हो ।
तर, अनावश्यक ढंगले विदेश गएका नेपाल सरकार, स्वयम केन्द्रीय बैंक र अन्य सरकारी कर्मचारी तथा पदाधिकारीलाई प्रदान गरिएको सुविधाको डलर सटहीबारे उक्त निर्देशन मौन छ । डलर सञ्चितिमा चाप परेको अवस्थामा कर्मचारी विदेश पठाउँदा पार्ने असरबारे बैंक र सरकारले मुख खोलेका छैनन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij