Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड, माधव र झलनाथका सुरक्षाकर्मी खोस्न ओलीले गृह मन्त्रालयलाई दिए यस्तो उर्दी 

प्रचण्ड, माधव र झलनाथका सुरक्षाकर्मी खोस्न ओलीले गृह मन्त्रालयलाई दिए यस्तो उर्दी 


  • 16.7K
    Shares

    प्रचण्ड, माधव र झलनाथका सुरक्षाकर्मी खोस्न ओलीले गृह मन्त्रालयलाई दिए यस्तो उर्दी 
    images

    सरकारले सुरक्षाकर्मीको दुरुपयोग रोक्नका लागि पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री, पूर्व विशिष्ट व्यक्तिको सुरक्षा कटौती गर्ने तयारी गरेको छ । सुरक्षाकर्मीको दुरुपयोग बढ्दै गएपछि कटौतीको तयारी गरिएको हो ।

    मन्त्रिपरिषद्ले केही दिनअघि पारित गरेको विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि २०७७ मा आवश्यकताभन्दा बढी सुरक्षाकर्मी राख्नेबाट शोधभर्ना गर्नेसमेत उल्लेख भएको एक अधिकारीले बताए । स्रोतका अनुसार नियमविपरीत सुरक्षाकर्मी घरमा राखेमा तलबलगायत अन्य सुविधा सम्बन्धित व्यक्तिले नै बेहोर्नुपर्नेछ । गृह प्रवक्ता चक्रबहादुर बुढाले सुरक्षासम्बन्धी विषय भएकाले यो विषयमा बोल्न नमिल्ने बताए ।

    विशिष्ट र पूर्वविशिष्टको सुरक्षामा सबैभन्दा बढी सशस्त्र प्रहरी बलको टोली परिचालित हुँदै आएको छ । सशस्त्रका मात्रै तीन सयभन्दा बढी जनशक्ति पूर्व विशिष्टको सुरक्षामा छन् ।

    सबैभन्दा बढी सुरक्षा लिनेमा पूर्वप्रधानमन्त्री र केही गृहमन्त्री छन् । एक उच्च सुरक्षा अधिकारीले भने, “थ्रेटको आकलन हेरर सुरक्षा दिने हो । तर यहाँ त्यस्तो छैन । पूर्व विशिष्टबाटै सुरक्षाकर्मीको दुरुपयोग भएको छ । सबैजना अनुशाशित नहुँदा हामीलाई गाहे भएको छ ।”

    स्रोतका अनुसार नयाँ मापदण्डमा पूर्वगृहमन्त्रीहरुलाई पद छाडेको कति वर्षसम्म कति सुरक्षाकर्मी दिने भन्ने पनि उल्लेख छ । नयाँ कार्यविधि कार्यान्वयन गर्न गृहले प्रहरी, सशस्त्र प्रहरी बल र जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिसकेको छ ।

    पूर्वविशिष्टहरुले सशस्त्र र नेपाल प्रहरीको दुरुपयोग गरेको आरोप लाग्दै आएको छ । पूर्वप्रधानमन्त्री, गृहमन्त्री, पूर्वसासंद, प्रहरीकै पूर्वअधिकारीले सुरक्षाबाहेक घरको भान्सेदखि चालकसम्म सुरक्षाकर्मी राख्ने क्रम बढेपछि गृहले मापदण्ड नै बनाएर सुरक्षा कटौतीको तयारी गरेको हो ।

    गृहले ल्याएको कार्यविधीमा सुरक्षा पाउने व्यक्तिहरुबारे स्पष्ट रुपमा खुलाइएको बताइएको छ । पूर्वप्रधानमन्त्रीमा सबैभन्दा बढी सुरक्षा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिँदै आएका छन् । प्रचण्ड,माधव नेपाल,झलनाथ खनाल लगायतका नेताका सुरक्षाकर्मी खोस्न ओली सरकारले यस्तो कार्यविधि ल्याउन लागेको हो।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १४:०२:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij