Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

झापामा आगलागीबाट ६ घर जलेर नष्ट

झापामा आगलागीबाट ६ घर जलेर नष्ट


  • 2.6K
    Shares

    झापामा आगलागीबाट ६ घर जलेर नष्ट
    images

    झापा गाउँपालिका–५ सिमलडाँगीमा विद्युत् सर्ट भई आज बिहान आगलागी हुँदा ६ घर जलेर नष्ट भएका छन् । 

    स्थानीय अब्दुल करिब अली, अब्दुल जुलास अली, अमुल अली, अनावर अली, स्माइल अली र सामेद अलीको घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    अब्दुल करिब अलीको घरमा विद्युत् सर्ट भई आगलागी भएपछि अन्य छिमेकीको घरसमेत आगो सल्केको हो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    टिनको छाना भएको घरमा लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी  सशस्त्र प्रहरीले निभाएका थिए ।

    प्रकाशित मिति :श्रावण ४ २०७९ बुधवार - १०:३५:०५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij