२०८२ भाद्र ५ गते बिहिवार
नेकपाको ओली समुहका नेता समेत रहेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन् । उनको वैवाहिक समारोह आज काठमाडौँको एक पार्टी प्यालेसमा जारी छ ।
मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका हुन् । उनीहरु केही समयदेखि प्रेम सम्वन्धमा थिए । कोरोनाका कारण मुख्यमन्त्रीको विवाहमा थोरै संख्यामा जन्ती लगिएको छ । दुई पक्षका गरी करिब ३५-४० जना मात्रै विवाहमा सहभागी छन् । मिडियालाई भने प्रवेश निषेध गरिएको छ।
आफ्नो समुदायको परम्परागत पोशाकमा सजिएका राई करिब ११ बजेतिर समारोहस्थलमा प्रवेश गरेका थिए । पर्यटनमन्त्री भानुभक्त ढकाल लगायत नेकपाका केही नेताहरु उनीसँग देखिएका थिए ।
विवाहपछि आजै बेलुकी रिसेप्सन आयोजना गरिँदै छ । रिसेप्सनमा भने राष्ट्रपति-प्रधानमन्त्रीलगायत भीआइपीहरुलाई पनि निम्ता छ । राई रास्ट्रपति निकटका नेता हुन। बिध्या भण्डारीको माईती र शेरधनको घर भोजपुर हो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij