Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा, कसको कति ? (सूचीसहित)

एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा, कसको कति ? (सूचीसहित)


  • 2.4K
    Shares

    • images
    एक वर्षमा वाणिज्य बैंकहरूले बढाए ४ खर्ब ५४ अर्ब कर्जा, कसको कति ? (सूचीसहित)
    images

    गत आर्थिक वर्ष २०७८/७९ मा वाणिज्य बैंकहरुले थप ४ खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । नेपाल बैंकर्स एसोसिएसनले उपलब्ध गराएको तथ्याङ्क अनुसार २०७८ असार मसान्तसम्म कुल ३७ खर्ब २० अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा २०७९ असार मसान्तसम्म ४१ खर्ब ७४ अर्ब पुगेको छ ।

    यहीं एक वर्षको अवधिमा निक्षेप भने जम्मा ३ खर्ब ४० अर्ब बढेको छ । २०७८ असार मसान्तसम्म कुल ४२ खर्ब १ अर्ब निक्षेप संकलन भएकोमा २०७९ असार मसान्तसम्म ४५ खर्ब ४१ अर्ब संकलन भएको छ । निक्षेप संकलनभन्दा कर्जा प्रवाह बढी भएकाले यस आर्थिक वर्षको सुरुवातमा पनि बैंकहरुमा तरलताको समस्या कायमै छ ।

    असारसम्म वाणिज्य बैंकहरुमध्ये नबिल बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । नेपाल बंगलादेश बैंकलाई आफूमा विलय गराई संयूक्त कारोबार गरेकाले गत आर्थिक वर्षसम्म नबिलको कर्जा सबैभन्दा धेरै ३ खर्ब ९ अर्ब पुगेको छ ।

    आर्थिक वर्ष २०७७/७८ सम्म कर्जा प्रवाहमा एनआईसी एसिया सबैभन्दा अगाडि थियो । नबिलबाहेक कर्जा वृद्धिका आधारमा नेपाल बैंकले गत आर्थिक वर्षमा सबैभन्दा धेरै थप ३५ अर्बले कर्जा बढाएको छ । तीन बैंक स्टान्डर्ड चार्टड, सिभिल र सेन्चुरी बैंकको कर्जा प्रवाह १ खर्बमुनि छ ।

    बैंकअनुसार कर्जा प्रवाह (रकममा)

    बैंक

    कर्जा ०७७/७८

    कर्जा ०७८/७९

    कृषि विकास

    १ खर्ब ५१ अर्ब

    १ खर्ब ७८ अर्ब

    बीओके

    ९८ अर्ब

    १ खर्ब ६ अर्ब

    सेन्चुरी

    ८१ अर्ब

    ९१ अर्ब

    सिटिजन्स

    १ खर्ब २३ अर्ब

    १ खर्ब ३५ अर्ब

    सिभिल

    ८३ अर्ब

    ८७ अर्ब

    एभरेष्ट

    १ खर्ब ३४ अर्ब

    १ खर्ब ५४ अर्ब

    ग्लोबल आईएमई

    २ खर्ब ४२ अर्ब

    २ खर्ब ७२ अर्ब

    हिमालयन

    १ खर्ब ३२ अर्ब

    १ खर्ब ५६ अर्ब

    कुमारी

    १ खर्ब ४३ अर्ब

    १ खर्ब ५९ अर्ब

    लक्ष्मी

    १ खर्ब ८ अर्ब

    १ खर्ब ३२ अर्ब

    माछापुच्छ्रे

    १ खर्ब १६ अर्ब

    १ खर्ब २९ अर्ब

    मेगा

    १ खर्ब ४१ अर्ब

    १ खर्ब ५० अर्ब

    नबिल

    २ खर्ब ५ अर्ब

    ३ खर्ब ९ अर्ब

    नेपाल बंगलादेश

    ७१ अर्ब

    (नबिलमा जोडिएको)

    नेपाल बैंक

    १ खर्ब ४४ अर्ब

    १ खर्ब ८० अर्ब

    एनसीसी

    ९९ अर्ब

    १ खर्ब २६ अर्ब

    इन्भेस्टमेन्ट

    १ खर्ब ६७ अर्ब

    १ खर्ब ६८ अर्ब

    एनआईसी एसिया

    २ खर्ब ६४

    २ खर्ब ६८ अर्ब

    एनएमबी

    १ खर्ब ५८ अर्ब

    १ खर्ब ८२ अर्ब

    एसबीआई

    १ खर्ब १ अर्ब

    १ अर्ब १० अर्ब

    प्रभु

    १ खर्ब ४२ अर्ब

    १ खर्ब ५० अर्ब

    प्राइम

    १ खर्ब ४२ अर्ब

    १ खर्ब ५४ अर्ब

    राष्ट्रिय वाणिज्य

    १ खर्ब ९९ अर्ब

    २ खर्ब २८ अर्ब

    सानिमा

    १ खर्ब २२ अर्ब

    १ खर्ब ४० अर्ब

    सिद्धार्थ

    १ खर्ब ६५ अर्ब

    १ खर्ब ८६ अर्ब

    स्टान्डर्ड चार्टर्ड

    ७२ र्अ

    ८९ अर्ब

    सनराइज

    १ खर्ब ३ अर्ब

    १ खर्ब २३ अर्ब

    कुल

    ३७ खर्ब २० अर्ब

    ४१ खर्ब ७४ अर्ब

    प्रकाशित मिति :श्रावण ३ २०७९ मंगलवार - १४:३१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij