Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

वकिललाई पेलेर भित्तामा पुर्याएको ठहर पछि ओली बिरुद्द खनिन वकिलले बोलाए आकस्मिक बैठक 

वकिललाई पेलेर भित्तामा पुर्याएको ठहर पछि ओली बिरुद्द खनिन वकिलले बोलाए आकस्मिक बैठक 


  • 8.3K
    Shares

    वकिललाई पेलेर भित्तामा पुर्याएको ठहर पछि ओली बिरुद्द खनिन वकिलले बोलाए आकस्मिक बैठक 
    images

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बयोवृद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र अरू कानुन व्यवसायीका बारेमा गरेको टिकाटिप्पणीबारे छलफल गर्न कानुन व्यवसायीहरूको आकस्मिक बैठक बस्दैछ ।

    नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनले पदाधिकारिहरूको छुट्टाछुट्टै बैठक डाकेको हो ।

    त्यसैगरी नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले पनि भर्चुअल छलफल गरिरहेको नेपाल बारका एक पदाधिकारीले बताए । "प्रधानमन्त्रीको अभिव्यक्ति निकै आपत्तिजनक र कानुन व्यवसायीको पेशागत मर्यादामाथिको प्रहार हो," ती पदाधिकारीले भने,"त्यसबारे के गर्ने भन्ने तय गर्न मिटिङ गर्न लागेका हौं ।"

    शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले "बुढा मान्छेलाई अदालतमा लगेर तमासा देखाएको" भनी टिप्पणी गरेको थिए । आइतबार नै इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले यसबारेमा प्रश्न उठाएपनि इजलासले उनको विषयवस्तुलाई वास्ता गरेन ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १३:०१:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij