Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संवैधानिक इजलासमा वकीलहरू गाँड कोराकोर गर्दै यसरी गरे बाझाबाझ

संवैधानिक इजलासमा वकीलहरू गाँड कोराकोर गर्दै यसरी गरे बाझाबाझ


  • 8.4K
    Shares

    संवैधानिक इजलासमा वकीलहरू गाँड कोराकोर गर्दै यसरी गरे बाझाबाझ
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी सूचना राजपत्रमा छापिएको सन्दर्भमा त्यसको आधिकारिकता जाँच हुनुपर्ने विषय उठेपछि संवैधानिक इजलासमा केहीबेर पक्ष र विपक्षका वकीलहरुबीच बाझाबाझ भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्धको रिटको सुनुवाइका लागि इजलास शुरु हुनासाथ वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले सरकारले ब्याकडेटमा राजपत्र प्रकाशित गरेर वेबसाइटमा राखेको भन्दै त्यसको आधिकारिकता जाँच हुनुपर्ने बताएका थिए ।

    त्यसको लगत्तै महान्यायाधिवक्ता अग्नि खरेल र बरिष्ठ अधिवक्ता सुशील पन्तले सबै प्रक्रिया कानुनबमोजिम भएको भन्दै राजपत्रको बारेमा अनावश्यक हौवा खडा गर्न खोजिएको भन्दै प्रतिवाद गरेका थिए । त्यसक्रममा दुवै पक्षका वकिलहरुबीच केहीबेर बाझाबाझकै अवस्था देखिएको थियो ।

    यसैबीच रिट निवेदकको तर्फबाट तीन पेज लामो निवेदन इजलासमा पेश भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदक विघटित प्रतिनिधिसभाका सदस्यहरु देव गुरुङ, कृष्णभक्त पोखरेल,शशी श्रेष्ठ र रामकुमारी झाँक्री सहितले राजपत्रको आधिकारिकता जाँच होस् भनेर निवेदन पेश गरेका छन् । उनीहरु चारैजना इजलासमा उपस्थित भएका छन् ।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १२:३५:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij