Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

मुख्यमन्त्री राई र मोडेल जाङ्मु आज वैवाहिक बन्धनमा बाधिँदै, को-को हुँदैछन् सहभागी ?

मुख्यमन्त्री राई र मोडेल जाङ्मु आज वैवाहिक बन्धनमा बाधिँदै, को-को हुँदैछन् सहभागी ?


  • 8.0K
    Shares

    मुख्यमन्त्री राई र मोडेल जाङ्मु आज वैवाहिक बन्धनमा बाधिँदै, को-को हुँदैछन् सहभागी ?
    images

    काठमाडौं ।  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र ज्याङ्मु शेर्पा आज वैवाहिक गठबन्धनमा बाधिँदै छन् । ५० वर्षीय मुख्यमन्त्री राईले २० वर्षिया सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासंग विवाह गर्न लागेका हुन् ।

    वैवाहिक कार्यक्रम काठमाडौंमा नै हुने बताईएको छ । मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् ।

    बिहेपछि हुने रिसेप्सन कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी देखि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिइएको राई निकट स्रोतले जनाएको छ।

    कोरोनामहामारीका कारण काठमाडौंमा सामान्य रिसेप्सन आयोजना भएपनि विराटनगरमा भोजको आयोजना गरिने राईको सचिवालयले जनाएको छ।

    मिस मंगोल २०१८ समेत रहेको जाङ्मुसँग सामाजिक कार्यक्रमहरुमा दुई वर्षअघि पहिलोपटक राईको भेट भएको थियो । त्यसपछि उनीहरु नियमित कुराकानी र भेटघाटमा थिए।

    प्रकाशित मिति :माघ ११ २०७७ आइतवार - १२:१७:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij