Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

महोत्तरीमा अतिनै गर्मी

महोत्तरीमा अतिनै गर्मी


  • 2.1K
    Shares

    महोत्तरीमा अतिनै  गर्मी
    images

    विगत एक सातादेखि महोत्तरीमा अचाक्ली गर्मी बढेको  छ । बिहानैदेखि दिनभरि चर्को घाम लाग्ने, दिउँसो तातो हावा र रातभर घरभित्र गुम्सनुपरेकाले जिल्लावासीलाई कठिन  भएको छ 

    अहिले दैनिक जिल्लाको तापक्रम ३८÷४० डिग्रीसम्म पुग्ने गरेको छ ।  अत्यधिक गर्मीका कारण बिना काम मानिसहरु घर बाहिर निस्कन सकेका छैनन् । गर्मीकै कारण अहिले मजदुरहरु मजदुरी गर्न जाँदैनन् भने घर बाहिरको निर्माणसँग सम्बन्धित कामकाजमा पनि असर परेको छ । 

    गर्मीका कारण बिहानैदेखि जिल्लाको गाउँ टोल र सहर बजार सबै सुनसान देखिन्छ । गमीले बालबालिका र बृद्धबृद्धालाई बढी असर हुनाका साथै गर्मीका कारण ज्वरो, झाडापखाला, टाईफाईडजस्ता बिरामीको संख्या बढ्दै गइरहेको स्थानीयबासीले बताए ।यसैगरी घमौरा र अन्य छालाजन्य रोगले पनि जिल्लाबासीलाई सताउन थालेको छ । 

    गर्मीका कारण  गाउँ गाउँमा रहेका पोखरी, तलाउ, इनार र नदीहरु पनि सुकिसकेकाले मानिससहित पशुपंक्षीलाई खाने पानीको समस्या उत्पन्न भएको उनीहरुको भनाइ थियो । महोत्तरीमा धान बालीको लागि समेत पानी नपर्दा रोपाई नभएर कतिपय खेती बाँझो रहेको छ भने बजारमा हरियो सागसब्जी पाउन पनि मुस्किल भएको छ ।

    प्रकाशित मिति :श्रावण १ २०७९ आइतवार - १२:२७:४३ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij