Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

 बुटवलमा किशोरी मृत्यु प्रकरण: दुई जना पक्राउ

 बुटवलमा किशोरी मृत्यु प्रकरण: दुई जना पक्राउ


  • 2.0K
    Shares

     बुटवलमा  किशोरी मृत्यु प्रकरण:  दुई जना पक्राउ
    images

     बुटवल उपमहानरपालिका–२ एक होटलमा एक किशोरी मृतावस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    मृतक १६ वर्षीया किशोरी सुदीक्षा गुरुङका बुवा सन्दीपले दिएको किटानी जाहेरीका आधारमा बुटवल–२० निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि नियन्त्रणमा लिइएकोे इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । 

    गत शनिबार दिउँसो बुटवल–३ गोलपार्कस्थित होटलको कोठामा सुदीक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शुक्रबार साँझ असिमसँगै होटलमा गएकी सुदीक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

    मृतकका परिवारजनले असिमविरुद्धमा जबर्जस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख केसीले बताउनुभयो ।

    यसअघि इलाका प्रहरी कार्यालयले दिएको सूचनामा मृतकको नाम समीक्षा र उमेर १७ वर्षको भएको उल्लेख गरिए पनि मृतकका बुवाले दिएको जहेरीमा भने मृतक किशोरीको नाम सुदीक्षा रहेको र उमेर १६ वर्षको रहेको उल्लेख छ ।  

    प्रकाशित मिति :आषाढ ३० २०७९ बिहिवार - १६:४८:४९ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij