Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

वाणिज्य बैंककोे निक्षेप सङ्कलन ९४ अर्बले बढ्यो, कर्जा लगानी कति ?

वाणिज्य बैंककोे निक्षेप सङ्कलन ९४ अर्बले बढ्यो, कर्जा लगानी कति ?


  • 2.9K
    Shares

    • images
    वाणिज्य बैंककोे निक्षेप सङ्कलन ९४ अर्बले बढ्यो, कर्जा लगानी कति ?
    images

    गत जेठ महिनाको तुलनामा असार महिना लागेसँगै वाणिज्य बैंककोे निक्षेप सङ्कलन ९४ अर्बले बढेको पाइएको छ । नेपाल बैंकर्स सङ्घका अनुसार गत जेठ महिनामा वाणिज्य बैंकको कूल निक्षेप ४४ खर्ब रहेकामा असार २४ गतेसम्म ४४ खर्ब ९४ अर्ब पुगेको हो ।

    पछिल्लो समय निरन्तर रुपमा घटेको निक्षेप असार महिना लागेसँगै केही सुधार देखिएको छ । सङ्घको तथ्याङ्कअनुसार असार पहिलो साता वाणिज्य बैंकको निक्षेप सङ्कलन (३ गते) ४३ खर्ब ९४ अर्ब, असार दोस्रो साता (१० गते) ४३ खर्ब ९८ अर्ब र असार तेस्रो साता (१७ गते) ४४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको थियो ।

    असार महिनामा निक्षेपमा सुधार आए पनि कर्जा लगानी भने घटेको छ । गत जेठ महिनाको तुलनामा असारको २४ गतेसम्म १९ अर्बले कर्जा लगानी घटेको हो । गत जेठ मसान्तसम्म कूल ४१ खर्ब ९३ अर्ब कर्जा लगानी गरेका बैंकले असार चौथो सातासम्म कूल ४१ खर्ब ७४ अर्बमात्रै कर्जा लगानी गरेका हुन् ।

    चालु आर्थिक वर्ष सकिँदा बैंकहरुले असुली बढाउँदा कर्जा रकम घटेको हो । यसबीच असार मसान्तभित्र राष्ट्र बैंकको निर्देशन अनुसार कर्जा पुँजी निक्षेप अनुपात (सिडी) रेसियो ९० प्रतिशत पुर्याउनुपर्ने भएकाले समेत बैंकहरुको कर्जा लगानी धेरै रकम घटेको हो ।

    यस्तै, एक सातामा वाणिज्य बैंकको कर्जामा १० अर्ब गिरावट देखिएको छ । असार १७ गतेसम्म ४१ खर्ब ८४ अर्ब कर्जा लगानी रहेकोमा असार २४ गतेसम्म ४१ खर्ब ७४ अर्ब पुगेको हो । 

    यस्तै, वाणिज्य बैंकको कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) पनि घट्दै गइरहेको छ । असार २४ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८८.५७ प्रतिशत पुगेको हो ।

     

    प्रकाशित मिति :आषाढ २९ २०७९ बुधवार - १२:४०:०८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij