Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै

पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै


  • 2.4K
    Shares

    पर्यटकीयस्थल लभ्लीहिलमा पूर्वाधार निर्माण हुँदै
    images

    म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरा स्थित पर्यटकीयस्थल लभ्लीहिलमा पर्यटक लक्षित भौतिक पूर्वाधार धमाधम निर्माण भइरहेका छन् । जिल्लाको सदरमुकाम बेनीबजारदेखि आधा घण्टाको दुरीमा रहेको प्रसिद्ध पर्यटकीयस्थलमा वन डिभिजन कार्यालय म्याग्दीद्वारा चालु आवमा पदमार्ग र चौपारी निर्माण गरिएको छ । यसअघि बेनीदेखि लभ्लीहिल पुग्ने पदमार्ग र उद्यान बनाइएको थियो ।

     गण्डकी प्रदेश सरकारको कार्यक्रम सामुदायिक वनमा पर्र्यटन कार्यक्रममार्फत प्राप्त भएको रु तीन लाख ३६ हजार बजेटबाट ४५ मिटर पदमार्ग र चौपारी निर्माण गरिएको वन डिभिजन कार्यालयका प्रमुख मनोज रानाभाटले बताउनुभयो । गत वर्ष पनि वन डिभिजन कार्यालयले लभ्लीहिलमा पार्क निर्माण गरेको थियो । सोही स्थलमा ‘हरियाली–पार्क’ को निर्माण पनि भएको छ । गण्डकी प्रदेश सरकारले अघि सारेको सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माण कार्यक्रमबाट लभ्लीहिलमा हरियाली पार्क बनाइएको हो । लभ्लीहिलमा प्रदेश सरकारको आर्थिक सहयोगमा डिभिजन वन कार्यालय म्याग्दीमार्फत हरियाली पार्क निर्माणको काम सञ्चालन गरिएको थियो । 

     पिपलडाँडा सामुदायिक वन उपभोक्ता समिति खबरालाई छनोट गरी सो समूहमार्फत हरियालीपार्क निर्माण गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।
    लभ्लीहिल क्षेत्रको कुल ३० मिटर लम्बाइ र १५ मिटर चौडाइको जमिनमा बनाइएको पार्कभित्र धुपी, मसालासहित सुगन्धयुक्त फलफूलका बिरुवा रोपिएको पिपलडाँडा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार पार्कका लागि आवश्यक जग्गालाई घेराबार गरी त्यसैभित्र बिरुवा रोपिएको छ भने लभ्लीहिल क्षेत्रमा पनि विभिन्न किसिमका बोटबिरुवा लगाइएको छ । 

     हिमाली जिल्ला म्याग्दीमा हरियाली पार्क निर्माणका लागि गत वर्ष दुई वटा सामुदायिक वन उपभोक्ता समूहलाई छनोट गरी कार्यक्रम अगाडि बढाइएको थियो । सहरी वन प्रवद्र्धन तथा उद्यान पार्क निर्माणका लागि गण्डकी प्रदेश सरकारले गएको वर्षमा रु ३० लाख बजेट उपलब्ध गराएको थियो ।
     कार्यक्रमबाट ज्यामरुककोटको पिपलडाँडा सामुदायिक वन समूह र पश्चिम म्याग्दीको मङ्गला गाउँपालिका–२, बाबियाचौरको केसरी सम्मेनी सामुदायिक वनमा पार्क निर्माण गरिएको छ । मङ्गलाको केसरी सम्मेनी सामुदायिक वन उपभोक्ता समूहलाई कार्यक्रममार्फत १८ लाख र पिपलडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई रु १२ लाख बजेट विनियोजन गरिएको डिभिजन वन कार्यालयको भनाइ छ । लभ्लीहिलमा अहिले दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् ।

    प्रकाशित मिति :आषाढ २८ २०७९ मंगलवार - १४:२८:२१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij