Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट

नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट


  • 4.8K
    Shares

    नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार आजबाट

    नबिल बैंक र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार सोमबारबाट सुरु भएको छ। मर्जरपश्चात बैंकहरुले एकीकृत कारोबार सुरु गरेका हुन्।

    दुई बैंकको असार १९ गते बसेको संचालक समितिको बैठकले एकीकृत कारोबार गर्ने निर्णय गरेको थिए, सोहि अनुसार बैंकहरुले एकीकृत कारोबार थालेका हुन्।

    गत जेठ ७ गते सम्पन्न दुबै बैंकको विशेष साधारण सभाले नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई एक्वायर गर्ने प्रस्ताव पारित गरेको थियो भने एक्विजिशनका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १७ गते अन्तिम स्वीकृती प्राप्त गरेको थियो।

    नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई १०० बराबर ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो। नबिल बैंकले एनबीलाई गाभेपछि प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना बनेका छन्। दुइ बैंक गाभिएपछि चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

    प्रकाशित मिति :आषाढ २७ २०७९ सोमवार - १२:०४:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij