Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत

कोरोनाबाट मृत्युभएका परिवारलाई राहत


  • 2.3K
    Shares

    कोरोनाबाट मृत्युभएका परिवारलाई राहत
    images

    बागलुङमा कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको छ ।  गण्डकी प्रदेश सरकारले ११ जिल्लामै कोरोनाबाट मृत्यु भएका परिवारलाई रु ५० हजार राहत रकम प्रदान गर्ने निर्णय अनुसार चालु आर्थिक वर्षमा रु ५७ लाख राहत रकम वितरण गरिएको छ । 

     स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौका अनुसार बागलुङ जिल्लाका कोरोनाका कारण मृत्यु भएका ११४ जनाले रु ५० हजारका दरले राहत रकम बुझिसकेको जानकारी दिनुभयो । “जिल्लामा कोरोनाले मृत्यु भएको सङ्ख्या ७२ हो तर जिल्लाबाट उपचारका क्रममा विभिन्न अस्पतालमा मृत्यु भएकाको परिवारलाई समेत राहत दिने नीति थियो”, उहाँले भन्नुभयो ,“हालसम्म ११४ जनालाई दियौँ, सम्पर्कमा नआएका र कागजात नबुझाएका २०÷३० जना बाँकी होलान, प्रदेशले अर्कौ वर्ष बजेट पठाए पाउँलान् ।” राहत पाउनका लागि कागजात भने प्रमाणित हुन जरुरी हुन्छ । 

     गण्डकी प्रदेश सरकारले कोरोनाबाट ज्यान गुमाउने गण्डकी प्रदेशका मृतकका परिवारलाई रु ५० हजार राहत दिने निर्णयअनुसार जिल्लामा कोरोनाका कारण मृत्यु भएका ११४ जनाका परिवारलाई रु ५७ लाख राहत रकम प्रदान गरिएको हो । सम्पर्कमा आएका र कागजात बुझाएकालाई खोजी–खोजी राहत दिएको भए पनि केही मृतकका परिवार राहत लिनै नआएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । 

     “प्रदेशको निर्णयअनुसार रु ५७ लाख भुक्तानी ग¥यौँ, आर्थिक वर्ष सकिएका कारण अब भुक्तानी हुँदैन, अर्को वर्ष बजेट आएमा बाँकीलाई दिन सकिन्छ”, उहाँले भन्नुभयो, “जिल्लामा कोरोेनाले ७२ जनाको मृत्यु भए पनि बागलुङ घर भएर उपचारको क्रममा नेपालका जुनसुकै अस्पतालमा मृत्यु भएकाको परिवारलाई राहत दिने नीति थियो, सम्पर्कमा नआएका २०÷३० जना होलान् ।”

     उहाँले स्वास्थ्य कार्यालयले ५० हजार राहत रकम दिए पनि बागलुङका केही पालिकाले समेत मृतकका परिवारलाई राहत रकम दिएको बताउनुभयो । पालिकाको राहत विवरण स्वास्थ्य कार्यालयलाई नआउने भएकाले कुन पालिकाले कति राहत दियो भन्ने थाहा नभएको स्रोत व्यक्ति घिमिरेले जानकारी दिनुभयो । 

     जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजारका दरले राहत दिएको थियो । गाउँपालिकाले आर्थिक वर्ष २०७८÷८९ मा विनियोजित गरेको रु तीन लाख ६० बजार बजेटअनुसार कोरोनाका कारण मृत्यु भएकाको परिवारलाई रु २० हजारका दरले राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा कोरोना सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाएका थिए । 

     गाउँपालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका परिवारलाई २० हजारका दरले राहत रकम प्रदान गरेको हो । गाउँपालिकाले १८ परिवारलाई २० हजारका दरले रु तीन लाख ६० हजार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

    प्रकाशित मिति :आषाढ २७ २०७९ सोमवार - ११:३५:२८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij