Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

आज काठमाडौँ उपत्यकाको यी स्थानमा विधुत अवरुद्ध हुने

आज काठमाडौँ उपत्यकाको यी स्थानमा विधुत अवरुद्ध हुने


  • 7.7K
    Shares

    आज काठमाडौँ उपत्यकाको यी स्थानमा विधुत अवरुद्ध हुने

    काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा आज (शनिवार) विधुत अवरुद्ध हुने भएको छ । नियमित मर्मत सम्भार तथा पोल सार्ने काम हुने भएकाले विधुत अवरुद्ध गर्नु परेको नेपाल विधुत प्राधिकरणले जारी गरेको सूचनामा बताइएको छ । 

    विधुत अवरुद्ध हुने स्थानहरुमा ललितपुरको लगनखेल वितरण केन्द्र अन्तर्गतका चापागाउँ दोबाटो, साङपाङ चोक, ढोलाहिटी, सुनाकोठी, धापाखेल, ठेचो, चापागाउँ, टाखेल, लेले, टिकाभैरव, गोट्टिखेल, माल्टा, दक्षिण ललितपुर एरिया रहेका छन् ।

    यस क्षेत्रमा सडक विस्तारको लागि पोल सार्नुपर्ने भएकाले फिडर सटडाउन गर्नु पर्ने र फिडर सटडाउन गर्दा विधुत अवरुद्ध हुने प्राधिकरणले बताएको छ । आज मध्यान्न १२ बजेदेखि दिउँसो ३ बजेसम्म सो क्षेत्रमा विधुत अवरुद्ध हुने प्राधिकरणले बताएको छ । 

    प्रकाशित मिति :माघ १० २०७७ शनिवार - ११:४८:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij