२०८२ भाद्र ३ गते मंगलवार
मोरङ । मोरङको लेटाङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
लेटाङबाट कुवापानीतर्फ जाँदै गरेको को १ ज ३२६२ नम्बरको जीप अनियन्त्रित भएर लेटाङ– १ अधेरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको छ ।
गम्भीर अवस्थामा विराट नर्सिङहोम विराटनगर पुर्याइएका उनको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।घाइतेहरूको विराटनगरमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij