Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

बिहीबारका दिन बंगलामुखी देवीको पुजा आराधना गर्नाले परिवारमा सुख मिल्नेछ

बिहीबारका दिन बंगलामुखी देवीको पुजा आराधना गर्नाले परिवारमा सुख मिल्नेछ


  • 34.9K
    Shares

    बिहीबारका दिन बंगलामुखी देवीको पुजा आराधना गर्नाले परिवारमा सुख  मिल्नेछ
    images

    बृहस्पतीको स्वामी भएको हुनाले, बृहस्पतीको ग्रह पिडा पाउने उद्देश्यले बिहिबार दिन बंगलामुखीको दर्शन गर्ने गरिन्छ। बिहीबार विशेष भीड हुने बंगलामुखीको दर्शनबाट मनोकाङ्क्षा सिद्धि हुने विश्वास गरिन्छ ।

    बंगलामुखी देवीलाई पीताम्बरी पनि भन्ने गरिन्छ, जसको अर्थ भगवान विष्णु हो । त्यसकारण माता बंगलामुखीलाई श्री भगवान हरसकै शक्तिको रूपमा पूजा गर्ने गरिन्छ ।

    जब समस्त ब्रह्माण्ड ध्वस्त गर्ने शक्तिशाली आधी आयो, त्यसको प्रभाव कम गर्न भगवान विष्णु सौराष्ट देशको हरीद्रा भन्ने तालमा मंगलबारको चतुरदशी तिथिको दिन आराधना गर्दा मध्यरातमा देवी बंगलामुखीको उत्पत्ती भएको मानिन्छ।

    बंगालमुखीलाई बम्हास्त्र पनि भनिन्छ। शत्रुलाई संहार गर्नको लागि बंगलामुखीको आराधनावाट सिघ्रफल प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ । बंगलामुखी माता दक्षिण दिशा तर्फ विराजमान रहेको छ ।

    तन्त्र साधना गने, शत्रुलाई भमित पार्ने, अकाल मृत्युबाट बचाउने लगायत कली युगमा विशेष बंगलामुखीको पूजा हुने भनेर शास्त्रमा उल्लेख छ। देवीको उपसना गर्दा पँहेलो फूल, पँहेलो कपडा, पँहेलो चन्दन सुन, जौ आदिको प्रयोग गरिन्छ ।

    प्रकाशित मिति :मंसिर ४ २०७७ बिहिवार - १५:३१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij