२०८२ माघ ८ गते बिहिवार
वाणिज्य बैंकहरुको निक्षेप एक सातामै ३४ अर्ब रुपैयाँले बढेको छ। नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को पछिल्लो तथ्यांकअनुसार वाणिज्य बैंकहरुको निक्षेप निक्षेप ३४ अर्ब रुपैयाँले बढेको हो।
असार ११ गतेदेखि असार १७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप ३४ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो।
यो एक सातामा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ। गत असार १० गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८२ अर्ब रुपैयाँ रहेकोमा असार १७ गतेसम्म बढेर ४१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ।
एनएबीएको तथ्यांकअनुसार असार १७ गतेसम्म वाणिज्य बैंकको औसत सीडी रेसियो ८९.४२ प्रतिशत रहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij