Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

किसानलाई आधुनिक कृषि यन्त्र   वितरण

किसानलाई आधुनिक कृषि यन्त्र   वितरण


  • 2.5K
    Shares

    किसानलाई आधुनिक कृषि यन्त्र   वितरण
    images

    जुम्ला कृषि विकास कार्यालयले किसानलाई आधुनिक प्रविधिका कृषि यन्त्र  वितरण गरेको छ । खेतीमा प्रविधि र यान्त्रिकरण गर्दै उत्पादन वृद्धि गर्न कृषि उपकरण वितरण गरिएको कार्यालयका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

    कार्यालयले  चालु आर्थिक वर्षमा  जिल्लाका  आठवटै स्थानीय तहका व्यावसायिक किसानलाई  जोत्नेदेखि तेल पेल्ने, पिस्ने घट्टका साथै जौँ, गहुँ र धान चुट्नेसम्मका उपकरण उपलब्ध गराएको हो । 

    चुट्ने अठार, दुई तेल पेल्ने, तीन कुटानी पिसानी र १६ खेत जोत्ने उपकरण वितरण गरिएको कार्यालय प्रमुख  अधिकारीले जानकारी दिनुभयो । महिलाको कार्यबोझ घटाउने, कृषिमा यान्त्रिकरण ल्याउने र समयको बचत गर्ने उद्देश्यले  ती सामग्री वितरण गरिएको कार्यालयले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २१ २०७९ मंगलवार - १२:५९:५८ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij