Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीलाई तह लगाउन सकेनौ भन्दै प्रचण्डले भने - उल्टै ओलीले हामीलाई तह लगाउन खोजे 

ओलीलाई तह लगाउन सकेनौ भन्दै प्रचण्डले भने - उल्टै ओलीले हामीलाई तह लगाउन खोजे 


  • 8.4K
    Shares

    ओलीलाई तह लगाउन सकेनौ भन्दै प्रचण्डले भने - उल्टै ओलीले हामीलाई तह लगाउन खोजे 
    images

    बिबादित नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई तह लगाउन नसकेको बताएका छन्। तीन वर्ष आफूहरूले ओलीलाई तह लगाउने कोशिस गरे पनि नसकेको प्रचण्डले बताए । बरु उल्टै आफुहरुलाई अपमान गर्ने काम भएको उनको संकेत थियो । 

    आज काठमाडौंमा प्रदर्शनपछि आयोजित सभामा भने, ‘यो तीन वर्षमा केपीलाई तह लगाउन सकेनौं ।’ उनले प्रधानमन्त्री ओलीले पार्टी निर्णय र विधानसमेत नमानेको उनले बताएका थिए।

    आफूहरूले ओली प्रवृत्ति सच्याउन नसकेकेको उनको भनाइ थियो । ओलीलाई तह लगाउन नसकेपछि आफूहरू जनतामा आएको प्रचण्डले बताए।

    उनले प्रधानमन्त्री ओलीले असंवैधानिक तरिकाले प्रतिनिधि सभा विघटन गरेको बताएका छन्। ‘अब जनता जागिसके, सुत्नेवाला छैनन्,’ उनले भने, ‘प्रतिगमनविरूद्ध सबै जनता खडा भइसकेका छन्।’ उनले कर्मचारीलगायत एउटा मानिसलाई छोएर देखाउन पनि ओलीलाई चुनौती दिएका छन्।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १६:०९:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij