Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

विकासका काममा भद्दा राजनीति नगरौं–विष्णु पौडेल

विकासका काममा भद्दा राजनीति नगरौं–विष्णु पौडेल


  • 3.1K
    Shares

    विकासका काममा भद्दा राजनीति नगरौं–विष्णु पौडेल
    images

    नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकासका काममा राजनीति नगर्न सबैलाई आग्रह गर्नुभएको छ ।

    उहाँले रुपन्देहीमा निर्माणाधीन दानव तिनाउ करिडोरमा राजनीति भएको भन्दै यहाँका सबै नागरिकले माग गरेर मात्र यो आयोजाना अघि बढाएपछि यसलाई राजनीतिकरण गरिएको आरोप लगाउनुभययो । 

     नेता पौडेलले रुपन्देहीको सैनामैना नगरपालिका–१ र बुटवल उपमहानगरपालिकाको वडा नं १५ जोड्ने दानव नदीको कर्साघाटमा निर्माण भएको पुलको आज उद्घाटन गर्दैै तिनाउ र दानव नदीको बहाव क्षेत्र छोडेर सडक बनाउने योजना रहेको बताउनुभयो । उहाँले किनारमा बसेकालाई जबर्जस्ती हटाउने योजना नरहेको स्पष्ट पार्नुभयो । 

     पूर्वउपप्रधानमन्त्री पौडेलले यस क्षेत्रको विकासमा गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको कामको पूरा तयारी भएको, तिनाउमा सिग्नेचर ब्रिज निर्माण हुने, बुटवल–गोरूसिङ्गेसम्मको सडक स्तरोन्नति हुने भएपछि यस क्षेत्रको विकासले थप फड्को मार्ने बताउनुभयो । 

     सैनामैना–१ र बुटवल–१५ जोड्ने यो पुलको लम्बाइ १२७ मिटर रहेको छ । विसं २०७४ असार २९ गते ठेक्का सम्झौता भएको यो पुलको निर्माण लागत रु १३ करोड ९० लाख ३६ हजार ८०९ रहेको सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

    प्रकाशित मिति :आषाढ २० २०७९ सोमवार - १६:२२:४१ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij