Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

शक्ति प्रदर्शनका नाममा प्रचण्ड-माधवको नेकपाले ब्यस्त सडकमै बनायो मञ्‍च, सबैतिर भद्रगोल  

शक्ति प्रदर्शनका नाममा प्रचण्ड-माधवको नेकपाले ब्यस्त सडकमै बनायो मञ्‍च, सबैतिर भद्रगोल  


  • 7.2K
    Shares

    शक्ति प्रदर्शनका नाममा प्रचण्ड-माधवको नेकपाले ब्यस्त सडकमै बनायो मञ्‍च, सबैतिर भद्रगोल  
    images

    काठमाडौं । शक्ती प्रदर्शनका नाममा नेकपाका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहल‍े शुक्रबार गरिरहेको विरोध प्रदर्शनका लागि भाषण गर्न मुख्य सडकको बीच भागमा मञ्‍च तयार गरिएको छ।

    यसले टुडिखेलको वरिपरिको सडक भएर जाने विभिन्न ठाउँका यात्रु र सवारी प्रभावित बनेका छन्। रत्नपार्कबाट  भद्रकाली आउने सडकको प्रदर्शन मार्ग प्रवेश गर्ने र भद्रकाली जाने विन्दुमा मञ्‍च तयार गरिएको छ।

    यो सडक खण्ड रत्नपार्कबाट ललितपुर र भक्तपुर जाने सवारीका लागि प्रयोग हुन्छ। माइतिघर, बानेश्वरका लागि छुटिने सवारी पनि यही बाटो भएर जाने गर्छन्।

    महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यतिबेला उपत्यकाका सबैजसो मुख्य सडकमा सवारी आगमन प्रभावित भएको छ। यसले गर्दा विरामी बोकेर अस्पताल जाने एम्बुलेन्ससहितका आपतकालिन् सेवाहरु प्रभावित बनेका छन्।

    प्रकाशित मिति :माघ ९ २०७७ शुक्रवार - १३:४२:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij