Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

अभिनेता विपिन कार्कीले बढाए पारिश्रमिक, व्यावसायिक फिल्ममा ५० लाखसम्म लिने

अभिनेता विपिन कार्कीले बढाए पारिश्रमिक, व्यावसायिक फिल्ममा ५० लाखसम्म लिने


  • 6.2K
    Shares

    अभिनेता विपिन कार्कीले बढाए पारिश्रमिक, व्यावसायिक फिल्ममा ५० लाखसम्म लिने

    अभिनेता विपिन कार्कीले पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेका छन् । उनले केही सर्तसहित यस्तो निधो गरेको जानकारी दिए ।

    फिल्मको समूह, उद्देश्य, लगानीको आकार र निर्माताको फिल्मसम्बन्धी चेतनाको स्तरलाई उनले सर्त मानेका छन् । सबै सर्त पूरा भए उनले न्यून पारिश्रमिकमा काम गर्ने, तर पैसा कमाउने उद्देश्य छ र लगानीको आकार उच्च छ भने सोहीअनुसार पारिश्रमिक लिने उनको तयारी छ ।

    केही फिल्मको लागि आफूले सोही सापेक्षताअनुसार ५० लाख रुपैयाँ पारिश्रमिक मागेको जानकारी पनि दिए ।

    उनले भने, ‘स्क्रिप्ट हेरेर मात्र पारिश्रमिकबारे निधो गर्छु । भूमिका चित्त पनि बुझ्नुपर्‍यो । मलाई कसैले एक करोड दिन्छु भनेको भरमा म फिल्म गर्दिन । टिम, समय र उहाँहरुको चेतनाको स्तर हेरेर निर्णय गर्छु ।’

    आर्थिक लाभ लिने वा नलिने एउटा सर्तलाई उनले महत्वपूर्ण आधार तुल्याएका छन् । सोहीअनुसार उनले हालै फिडेल देवकोटा निर्देशित फिल्म ‘रेड सुटकेस’मा निःशुल्क अभिनय गरे । यो फिल्मलाई फेस्टिभल लक्षित मानिएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०७९ शुक्रवार - १२:१९:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij