२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले प्रतिनिधि सभा विघटनसम्बन्धी सूचना प्रकाशित भएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् ।
बिहीवारको सुनुवाइमा प्रतिनिधि सभा विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भन्दै अधिवक्ताले प्रश्न उठाएका थिए । त्यस पछि खरेलको भागाभाग भएको थियो।
शुक्रवार संवैधानिक इजलासमा सुनुवाइ शुरू भएलगत्तै खरेलले राजपत्र बुझाएका हुन् । राजपत्र पेश गर्दै महान्यायाधिवक्ता खरेलले इजलासमा उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।
खरेलले यसो भन्दै गर्दा न्यायाधीश अनिलकुमार सिन्हाले ‘उठ्दै नउठेको प्रश्नको जवाफ किन दिनुपर्यो ?’ भनेर प्रतिप्रश्न गरेका थिए । न्यायाधीश सिन्हाले प्रश्न उठेपछि आफूले पीएलाई वेबसाइटमा भएरनभएको हेर्न लगाएको बताए ।
प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा छैटौँ दिनको सुनुवाइ शुरू भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको इजलासमा माघ ४ गते आइतवारदेखि अन्तिम सुनुवाइ चलिरहेको छ । छैटौं दिनको सुनुवाइको शुरूमा वरिष्ठ अधिवक्ता नरहरि आचार्यले बहस गरिरहेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij