Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, संकेत चिन्ह राखेपछि सञ्चालनमा आउने

काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, संकेत चिन्ह राखेपछि सञ्चालनमा आउने


  • 3.0K
    Shares

    काठमाडौंमा दुई सय सार्वजनिक शौचालय थपिँदै, संकेत चिन्ह राखेपछि सञ्चालनमा आउने
    images

    काठमाडौँ महानगरपालिकाले निजी संस्थासँग सम्झौता भएका सबै सार्वजनिक शौचालयलाई असार महिनाभित्र चिह्न प्रदान गर्ने भएको छ।

    सार्वजनिक शौचालय सञ्चालनका लागि ३३ निजी संस्थासँग सम्झौता भइसकेको महानगरले जनाएको छ।

    सर्वसाधारणलाई सहज होस् भनेर महानगरले सम्झौता भएका सबैमा एकै किसिमको चिह्न लगाउने काम गरिरहेको प्रशासन प्रमुख महेश काफ्लेले बताए।

    प्रयोगकर्तालाई सार्वजनिक शौचालय पहिचान गर्न सजिलो होस भनेर सबैमा एकै प्रकारको सङ्केत चिह्न राख्न लागिएको हो।

     

    चिह्न राखिसकेपछि मात्र सम्झौता भएका संस्थाको शौचालय सर्वसाधारणले प्रयोग गर्न सक्नेछन्। सङ्केत चिह्नमा गोलो घेराभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिह्न छ।

    सङ्केत चिह्नको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक टवाइलेट’ लेखिएको छ। चिह्नकै आधारमा सर्वसाधारणले शौचालय प्रयोग गर्नसक्ने महानगरले जनाएको छ।

    सम्झौताअनुसार करिब २०० शौचालय सञ्चालनमा आउने छन्। जसमा १०० मा चिह्न लगाइसकेको छ भने अन्यमा पनि जारी छ। सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका व्यावसायिक संस्थासँगको सहकार्यमा कामपाले २५० शौचालय सार्वजनिकरुपमा प्रयोगमा ल्याउन लागेको छ।

    यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार, सरसफाइलगायत गर्ने जिम्मा संस्थाकै हुनेछ। शौचालयको अवस्था अनुगमन गर्न दुवै पक्षबाट एक/एक प्रतिनिधि तोकिएको छ। उनीहरुले हरेक चार महिनामा प्रतिवेदन तयार गरी बुझाउने महानगरले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १७ २०७९ शुक्रवार - १०:५२:५७ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij