२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । १३ रिट निवेदन भएको र ठूलो संख्यामा कानुन व्यवसायीहरूले वकालतनामा भरेपछि अन्तिम फैसला आउन ढिला हुने भन्दै इजलासले छोटो बहस गर्न भनेको छ ।
शुक्रबारको बहसमा प्रधानन्यायधीश जबराले कानुन व्यवसायीहरूलाई छिटो बहस सक्न आग्रह गरेका छन् ।कानुन व्यवसायी कोपिलप्रसाद अधिकारी उभिएपछि प्रधानन्यायाधीशले १० मिनेटमा बहस सिध्याउन भने ।
तर, अधिकारीले १० मिनेटमा नसकिने बताएपछि प्रधानन्यायाधीशले भने, दुई महिना लिन्छौं भने पनि दिन्छौं ।"
प्रधानन्यायाधीश जबराले बहस लम्बिँदा पर्न सक्ने असरका बारेमा अधिवक्ताहरुको ध्यानाकर्षण गराएका हुन्।
‘चानचुन ३ सय जति अधिवक्ताहरु हुनुहुन्छ, अब आफैं भन्नुहोस् के हुन्छ? हामीले मात्रै हत्तार गरेर हुँदैन’, प्रधानन्यायाधीश जबराले भने। प्रधानन्यायाधीशले ध्यानाकर्षण गराएपछि अधिवक्ता अधिकारीले ५ मिनेटमै आफ्नो बहस सकेका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij