२०८२ माघ ११ गते आइतवार
शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतसहितकाे टोली पोखरा जाने भएकाे छ ।
आगामी आर्थिक वर्षकाे मौद्रिक नीतिको बारेमा छलफल गर्न पोखरा जान लागेको बताइएको छ। उक्त कार्यक्रममा बैंकरका तर्फबाट डिजिटल करेन्सीका बारेमा समेत कार्यपत्र प्रस्तुत हुनेछ भने बैंकका प्रमुख कार्यकारी अधिकृतहरुले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा गभर्नर अधिकारीलाई सुझाव पनि दिने भएका छन्।
यतिबेला नेपाल राष्ट्र बैंक मौद्रिक नीतिको तयारीमा छ। यही महिनाको अन्तिममा मौद्रिक नीति ल्याउने तयारी केन्द्रीय बैंकको छ। यसले गर्दा मौद्रीक नीतिमा बैंकरको समेत सुझाव लिनका लागि पोखरामा कार्यक्रम आयोजना गरिएको हाे ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij