Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले बढ्यो, कर्जा लगानी कति ?

बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले बढ्यो, कर्जा लगानी कति ?


  • 4.3K
    Shares

    • images
    बैंकहरुको निक्षेप एकैदिन ५ अर्बले बढ्यो, कर्जा लगानी कति ?
    images

    बैंकिङ प्रणलीमा एकैदिन ५ अर्ब निक्षेप संकलन भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार असार १२ (आइतबार) बैंकिङ प्रणालीमा एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको हो।

    योसँगै बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ४९ खर्ब ८७ अर्ब रुपैयाँ पुगेको छ। गत असार ११ गते कुल निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको थियो।

    वाणिज्य बैंकहरुमा पनि आइतबार एकैदिन ५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। गत असार ११ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ९६ अर्ब रुपैयाँ रहेकोमा असार १२ गतेसम्म बढेर ४४ खर्ब १ अर्ब रुपैयाँ पुगेको छ।

    राष्ट्र बैंकको तथ्यांकअनुसार असार १२ गते बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले घटेको छ। गत असार ११ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा लगानी ४७ खर्ब ६ अर्ब रुपैयाँ रहेकोमा असार १२ गतेसम्म घटेर ४७ खर्ब ५ अर्ब रुपैयाँमा झरेको छ। 

    यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी १ अर्ब रुपैयाँले घटेको छ। गत असार ११ गते वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७६ अर्ब रुपैयाँ रहेकोमा असार १२ गतेसम्म घटेर ४१ खर्ब ७५ अर्ब रुपैयाँमा झरेको छ। 

    बैंकहरुको औसत सीडी रेसियो पनि असार १२ गते घटेर ८९.२६ प्रतिशतमा झरेको छ। गत असार ११ गतेसम्म औसत सीडी रेसियो ८९.३७ प्रतिशत रहेको थियो। 
     

    प्रकाशित मिति :आषाढ १४ २०७९ मंगलवार - १२:५८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij