२०८२ भाद्र ९ गते सोमवार
प्राइम कमर्सियल बैंकको ऋणपत्रमा आवेदन दिने आज (असार १४ गते) अन्तिम दिन रहेको छ।
बैंकले जेठ ३१ गतेबाट १ हजार रुपैयाँ अंकित दर रु. ५ अर्बको कुल ५० लाख कित्ता ऋणपत्रमा आवेदन खुला गरेको छ। यो ऋणपत्रमा आज बैंकिङ समयसम्म आवेदन दिन सकिने धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।
कुल इकाइमध्ये बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइ सर्वसाधारण (सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन प्राप्त नभएको) लाई बिक्री गर्नेछ।
यो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाइ र अधिकतममा १० लाख इकाइका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले यो ऋणपत्रमा नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ।
यो ऋणपत्र ५ वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउनेछन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij