Logo

२०८२ भाद्र १७ गते मंगलवार

२०८२ भाद्र १७ गते मंगलवार

खोलाले बगाएर डेढ वर्षीया बालिकाको मृत्यु

खोलाले बगाएर डेढ वर्षीया बालिकाको मृत्यु


  • 2.3K
    Shares

    खोलाले बगाएर डेढ वर्षीया बालिकाको मृत्यु
    images

    तनहुँको भानु नगरपालिका–७ चन्द्रावतीमा चुँदीखोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ महिनाकी काव्य श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    घरभन्दा २० मिटर पछाडि रहेको खोलाले बगाइ सोही स्थानदेखि पाँच सय मिटर तल अचेत अवस्थामा भेटिएकी बालिकाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।

     बालिकालाई आइतबार राति १० बजे दमौली अस्पतालमा चिकित्सकले मृत घोषणा गरेका थिए । घरबाट हराएपछि आफन्तजन र स्थानीयवासीले खोजतलास गर्ने क्रममा चुँदीखोलाले बगाएको अवस्थामा बालिका फेला परेकी थिइन् । बालिकालाई तत्कालै उपचारका लागि पुरनडिही अस्पताल पु¥याइएको थियो । 

    प्रकाशित मिति :आषाढ १३ २०७९ सोमवार - १२:१३:१४ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij