Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो


  • 813
    Shares

    सुनको मूल्यमा एकपछि अर्को कीर्तिमान, तोलामा ३ लाख ९ हजार रुपैयाँ पुग्यो

    काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।

    महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको हो। 

    यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको छ। आज कायम मूल्य हालसम्मकै उच्च रहेको छ । 

    साथै, आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।

    प्रकाशित मिति :माघ १२ २०८२ सोमवार - १०:५९:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij