२०८२ माघ ११ गते आइतवार
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला चार सय रुपैयाँ बढेको हो।
त्यस्तै, आज चाँदी प्रतितोला १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ। महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।
सोमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ३५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij