Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एमबीबीएस पढ्न चाहनेलाई मैवाखोला गाउँपालिकाले २० लाख सहयोग गर्ने

एमबीबीएस पढ्न चाहनेलाई मैवाखोला गाउँपालिकाले २० लाख सहयोग गर्ने


  • 3.2K
    Shares

    एमबीबीएस पढ्न चाहनेलाई मैवाखोला गाउँपालिकाले २० लाख सहयोग गर्ने

    ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबीबीएस’ पढाउन आर्थिक  सहयोग गर्ने भएको छ। गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो।

    गाउँपलिकाले एमबीबीएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताए। आगामी  २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबीबीएस पढाउनका लागि  २० लाख रुपैयाँ बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उनले बताए।

    गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबीबीएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारी दिए।

    उनले भने, 'एमबीबीएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक  २० लाख  रुपैयाँ विनियोजन गरेको छ। प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ।'  

    सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्न तिर लागेको मैवा खोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताए।

    प्रकाशित मिति :आषाढ १३ २०७९ सोमवार - ०९:४०:५५ बजे
    प्रतिक्रिया

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij