Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

नेकपा एमालेका सांसद भट्टराईले पाठ्यपुस्तकबारे सरकारसँग गरे यस्तो प्रश्न

नेकपा एमालेका सांसद भट्टराईले पाठ्यपुस्तकबारे सरकारसँग गरे यस्तो प्रश्न


  • 3.0K
    Shares

    नेकपा एमालेका सांसद भट्टराईले पाठ्यपुस्तकबारे सरकारसँग गरे यस्तो प्रश्न

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले विद्यालयमा पाठ्यपुस्तक नपुर्याउनुमा सरकार दोषी रहेको आरोप लगाएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै भट्टराई प्रदेशस्तरमा ३० प्रतिशत पनि पाठ्यपुस्तक नपुगेको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराउँदै तत्काल किताब उपलब्ध गराउन माग गरेका हुन् । 

    काठमाडौंकै दरबार हाइस्कुलमै पाठ्यपुस्तक नपुगेको भन्दै उनले यसबाट अध्ययन र अध्यापनमा अवरोध सृजना गरेको बताए । संसदमा शिक्षामन्त्रीले १५ दिनमै पाठ्यपुस्तक पुर्‍याउनु प्रतिबद्धता जनाएको स्मरण गराउँदै उनले सोमबार १५ दिन पुग्ने भए पनि हालसम्म पाठ्यपुस्तक विद्यालयमा पुर्याउने काम नभएको बताए । 

    कुल विद्यार्थी संख्यामा सामुदायिक विद्यालयमा ७५ प्रतिशतले अध्ययन गर्ने उल्लेख गर्दै भट्टराईले भने ,‘निजी क्षेत्रबाट छापिएका १ देखि ३ कक्षसम्मको पुस्तक पुगेको छ । जनक शिक्षाले छाप्ने कक्षा ४ देखि १० सम्मको पुस्तक पुगेको छैन ।’

    पुस्तककै कारण विद्यार्थी विद्यालय नजाने अवस्था आएको उनले बताए । ‘प्रथम त्रैमासिक परीक्षाको समय आएको छ । विद्यार्थीले के लेखेर परीक्षा दिन्छन्?’ उनले सरकारको जवाफ मागे ।

     

    प्रकाशित मिति :आषाढ १२ २०७९ आइतवार - १४:२६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij